दिल्लीमा अदालतमै दुई ग्याङको गोली हानाहान, मोस्ट वान्टेड डनको अदालतभित्रै हत्या-Sutra News

दिल्लीमा अदालतमै दुई ग्याङको गोली हानाहान, मोस्ट वान्टेड डनको अदालतभित्रै हत्या

बुधबार, १३ असोज २०७८

बुधबार, १३ असोज २०७८

भारतको राजधानी दिल्लीको रोहिणी अदालत परिसरभित्र शुक्रबार दुई ग्याङबीच गोली हानाहान भएको छ । अदालतमा हतियारसहित प्रवेश गरेका गुण्डाहरुले दिल्लीका मोस्ट वान्टेड डन जिनेन्द्र गोगीको गोली हानेर हत्या गरेका छन् ।



यो ग्याङ भिडन्तमा गोगीसहित ३ जना मारिएका छन् । ३ देखि ४ जना घाइते भएका छन् । रिपोर्टका अनुसार शुक्रबार गोगीको अदालतमा पेशी थियो । यही क्रममा पहिल्यै वकिलको कपडा लगाएर त्यहाँ बसिरहेका २ जना गुण्डाले गोगीमाथि गोली हाने ।

दिल्ली पुलिस कमिश्नर राकेश अस्थानाका अनुसार जब गोगीलाई सुनुवाइका लागि लगिँदै थियो त्यही बेला २ अपराधीले गोगीमाथि गोली चलाए । पुलिसले जवाफी कारवाहीमा दुवै आक्रमणकारीलाई मारेको छ ।

२ जनामध्ये एक आक्रमणकारीको जानकारी दिनेलाई ५० हजार पुरस्कार समेत राखिएको थियो । वकिल ललित कुमारका अनुसार आक्रमणकारी वकिलको पोसाकमा आएका थिए । उनीहरुले गोगीलाई ३ गोली हाने ।

गोगीको सुरक्षामा खटिएका दिल्ली पुलिसका जवानहरुले २५ देखि ३० गोली चलाएका थिए । आक्रमणकारीको घटनास्थलमै मृत्यु भयो भने गोगीको अस्पतालमा मृत्यु भयो ।

वकिल ललित कुमारका अनुसार घटना सुनुवाइका बेला भएको थियो । त्यतिबेला घटनास्थलमा न्यायाधीश, स्टाफ र वकिल समेत थिए । गोगी २ वर्षदेखि तिहाड जेलमा थिए । शुक्रबार उनलाई सुनुवाइको लागि अदालत ल्याइएको थियो ।डिसीनेपाल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट