८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा हालेको अभियोगमा अभिनेत्री पक्राउ-Sutra News

८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा हालेको अभियोगमा अभिनेत्री पक्राउ

बुधबार, १३ असोज २०७८

बुधबार, १३ असोज २०७८

मुम्बइ। बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बइ क्राइम ब्रान्चको प्रोपर्टी सेलले गिरफ्तार गरेको छ । उनीमाथि पोर्न भिडियो बनाएर आफ्नै वेबसाइटमा अपलोड गरेको आरोप छ । आज उनलाई अदालतमा उपस्थित गराइँदैछ । तीन जनाले आफूहरुमाथि पोर्न भिडियो बनाउन दबाब दिइएको भन्दै उजुरी दिएपछि यो कारवाही गरिएको हो ।



एक समाचार पोर्टलसँग कुरा गर्दै मुम्बइ पुलिसका एक बरिष्ठ अधिकारीले गहनाले ८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा अपलोड गरेको बताएका छन् । यी भिडियो हेर्न सब्सक्राइब गर्नुपर्छ जसवापत २ हजार रुपैयाँ तिर्नुपर्छ । ३२ वर्षकी गहनाको वास्तविक नाम वन्दरा तिवारी हो । उनले भोपालबाट रोबोटिक साइन्समा इन्जिनियरिङ गरेकी छिन् ।

गहना स्टार प्लसको शो बहनों मा मुख्य भूमिकामा देखिएकी थिइन् । २०१२ मा गहनाले मिस एसिया बिकिनी कन्टेस्ट जितेकी थिइन् । यसका अलावा विगत ६ वर्षमा उनले दक्षिण भारतका ३० भन्दा धेरै फिल्ममा काम गरिसकेकी छिन् । गहनाले अल्ट बालाजीको वेब सिरिज गंदी बात तथा उल्लुका वेब सिरिजमा काम गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट