काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने तयारी गरेको छ ।
पार्टीका नेता नारायणकाजी श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिएका छन् । उनले सरकारमा सहभागी हुने इच्छा देखाएपनि उनको नाम आउट भएको हो ।
सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रको भागमा १ राज्यमन्त्रीसहित ६ मन्त्री परेको छ । माओवादीबाट २ जना यसअघि नै मन्त्री बनिसकेकाले अब उसको भागमा १ राज्यमन्त्रीसहित ४ जनाको भाग छ ।
हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किरातीमध्येबाट २ जना मन्त्री बन्ने बुझिएको छ ।
त्यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्येबाट एकजना मन्त्री बन्ने पक्का छ ।