न्यायाधीश व्यस्त भएपछि वामदेव गौतमविरुद्धको मुद्दामा भएन सुनुवाइ-Sutra News

न्यायाधीश व्यस्त भएपछि वामदेव गौतमविरुद्धको मुद्दामा भएन सुनुवाइ

बुधबार, १३ असोज २०७८

बुधबार, १३ असोज २०७८

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ ।



गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

रिटमाथि बुधबार प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा सम्मिलित संवैधानिक इजलासमा पेसी तोकिएको थियो।

सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीशहरू व्यस्त भएपछि गौतमविरुद्धको मुद्दामा आज सुनुवाइ हुन नसकेर हेर्न नभ्याइनेमा राखिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट