काठमाडौँ । भोलि बिहीबार प्रतिनिधि सभाको बैठक बस्दै छ ।
बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गर्ने संभावित कार्यसूची पनि छ ।