नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलको आज निरीक्षण गरेका छन् ।
यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उहाँ गोदावरी पुगेका हुन् ।
अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यवञ्जनकारलगायत गोदावरी पुगेका थिए ।
उहाँले व्यवस्थापन समितिलाई यहाँ आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको केन्द्रीय सदस्य नेपालले बताए । सो अवसरमा अध्यक्ष ओलीले सबै किसिमका तयारी समयमा नै सकाउन निर्देशन दिएका थिए ।
विधान महाधिवेशका लागि मञ्चको सजावटको केही काम मात्रै बाँकी रहेको नेपालले जानकारी दिए ।