बायोपिक ‘रुदाने’ फिल्मको टिजर सार्वजनिक-Sutra News

बायोपिक ‘रुदाने’ फिल्मको टिजर सार्वजनिक

बुधबार, १३ असोज २०७८

बुधबार, १३ असोज २०७८

काठमाडौं- राजनीतिज्ञ तथा विद्रोही दार्शनिक रुपचन्द बिष्टको जीवनीमा अधारित फिल्म ‘रुदानेः विद्रोहको नेपाली नाम’ को टिजर युटुयुवमार्फत बुधबार सार्वजनिक गरिएको छ ।



अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त निर्देशनमा बनेको फिल्ममा बिष्टको जीवन, विद्रोह तथा थाहा दर्शनका विभिन्न पक्षलाई समेटिएको फिल्मका कार्यकारी निर्माता जागृत रायमाझीले जानकारी दिएका छन् ।

फिल्ममा रुपचन्द्रको भूमिका दिव्य देवले निर्वाह गरेका छन् भने अन्य कलाकारमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, सरोज अर्याल, आलोक थामी, सविना गोपाली, आइपी आचार्यलगायत छन् ।

फिल्म सन् २०२२ को मध्येसम्म दर्शकमाझ ल्याइने जानकारी फिल्म निर्माण व्यानर दावनल क्रिएसनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट