मन्त्रिपरिषद् विस्तार: माओवादी केन्द्र अझै अलमलमा-Sutra News

मन्त्रिपरिषद् विस्तार: माओवादी केन्द्र अझै अलमलमा

बुधबार, १३ असोज २०७८

बुधबार, १३ असोज २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी कमिटी बैठकले सरकार विस्तारका बारेमा केही पनि निर्णय गरेन । पेरिसडाँडामा आज बसेको बैठकले मन्त्रिपरिषद् विस्तारबारे कुनै निर्णय नगरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए ।



उनका अनुसार बैठकमा आगामी राष्ट्रिय सम्मेलनको तयारीका  बारेमा छलफल केन्द्रित भएको थियो । ‘तल्लो तहबाट सम्मेलनमा कसरी प्रतिनिधित्व गराउने भन्नेबारेमा छलफल भयो’, उनले भने, ‘प्रदेशको सम्मेलनका बारेमा पनि छलफल भएको थियो । मोटामोटीको सम्मेलनमा एकरूपताका बारेमा छलफल भयो ।’ माओवादी केन्द्रले आगामी पुस महिनामा राष्ट्रिय सम्मेलन गर्दै छ । 

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै नै गठबन्धनको बैठक बसेर मन्त्रिपरषिद् विस्तार गर्ने जानकारी गराएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सहभागी छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट