काठमाडौं- संघीय संसद् सचिवालयले बिहीबार राज्यका हरेक निकायहरूमा ३३ प्रतिशत महिला सहभागिता र त्यसको कार्यान्वयनको अवस्थासम्बन्धी अन्तर्क्रिया गर्ने भएको छ ।
संघीय संसदका पदाधिकारीहरू, दलका सचेतकहरू तथा दुवै सदनका समिति सभापतिका लागि अन्तर्क्रिया आयोजना गरिएको संघीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।
अन्तर्क्रिया संघीय संसद् भवन बानेश्वरको ह्लोत्से हलमा १४ असोज बिहीबार बिहान १०:३० देखि १२:३० बजेसम्म हुनेछ ।