जनकपुरधाम- ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत प्रदेश २ सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको खबर सार्वजनिक भएलगतै अख्तियारले छापा मारेकोप्रति प्रदेश सरकारले आपत्ति जनाएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बदनाम गर्न सञ्चारमाध्यमले निकालेको खबरलाई आधार बनाएर अख्तियारले बिना कुनै जानकारी छापा मारेकोमा आपत्ति जनाए ।
बुधबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्रीले राउतले भने केही व्यक्ति आफूविरुद्ध लागेको बताएका छन् । उनीहरूको चाहनालाई मलजल गर्न अख्तियार माध्यम बनेको उनको आरोप छ ।
‘मुख्यमन्त्री कार्यालयमा कुनै अनियमितता भएको भए अख्तियारले मसँग कुरा गर्नुपथ्यो । तर, अख्तियारले जानकारी बिनै छापामार शैलीमा आएर सरकारलाई बदनाम गरेको छ,’ उनले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रेम कुमार राईलेसमेत यसरी आउनु कमजोरी भएको स्वीकार गरेको मुख्यमन्त्री राउतको दाबी छ ।