काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदीमा महिलाको शव फेला परेको छ ।
बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए ।
उनका अनुसार शव अर्धनग्न अवस्थामा छ । शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको न्यौपानेले बताए ।
शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।