सप्तरी- सप्तरीको शम्भुनाथ नगरपालिकामा गत शनिबार मृत अवस्थामा फेला परेका व्यक्तिको हत्या भएको आशंका गरिएको छ ।सप्तरीको बिष्णुपुर गाउँपालिका-५ का ५० वर्षीय रामसुन्दर महतोको शव हत्या गरेर पोखरीमा फालिएको हुनसक्ने आशंका गरिएको छ ।
मृतक महतोको शव शम्भुनाथ नगरपालिका-१ स्थित पोखरीमा डुबेको अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । पहिले बेवारिसे अवस्थामा फेला परेको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको शव गृहमा ल्याएर राखिएको छ ।
डिएसपी काफ्लेले शव फेला परेपछि आफन्तको खोजी गर्दै जाँदा विष्णुपुर गाउँपालिका-५ रहेका उनका आफन्त सम्पर्कमा आएको बताए । उनले भने,´शंकाको घेरामा रहेको व्यक्तिमाथि अनुसन्धान थालेका छौँ ।`
मृतकका आफन्तले महतोको हत्या भएकाे दाबी गर्दै आएका छन् । चार दिन अगाडि बेपत्ता भएको महतोको अपहरणपछि हत्या गरी पोखरीमा फालेको हुन सक्ने परिवारको आशंका छ ।
भोजभतेरमा खाना पकाउने काम गर्दै आएका मृतक महतो शुक्रबार रुपनीका एक व्यक्तिले भोजमा खाना पकाउन बोलाएपछि घरबाट निस्केको महतोको शव भेटिएको प्रहरीबाट आफूहरूलाई जानकारी हुन आएको बताए । सांकेतिक तस्बिर ।