सर्वदलीय बैठकको निष्कर्ष- नेकपा एमाले संवाद र वार्ता गर्न डरायो-Sutra News

सर्वदलीय बैठकको निष्कर्ष- नेकपा एमाले संवाद र वार्ता गर्न डरायो

बिहिबार, १४ असोज २०७८

बिहिबार, १४ असोज २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । आजको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।



आजको बैठकपछि सरकारका प्रवक्ता रहेका ज्ञानेन्द्र कार्कीले भने, ‘उहाँहरूसँग सम्वाद र वार्ता गर्नका निमित्त यो भन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो, त्यहाँ पनि अनुपस्थित हुनुभयो । यसले गर्दा उहाँहरु संवाद र वार्ताबाट भाग्न खोजेको देखियो ।’

सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए ।

त्यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव र  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्रको उपस्थिति रहेको थियो ।

बैठक एमालेले सार्वजनिक रुपमा नै बहिष्कार गर्ने निर्णय गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट