काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का स्वदेश फर्किएका छन् । मन्त्री खडका राष्ट्रसंघीय महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका हुन् ।
त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले कोभिड-१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे छलफल भएको बताए।
‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनर्जागृत गराउने’ विषयमा उनले नेपालकाे धारणा राखेका थिए।
न्युयाेर्कमा रहँदा उनले राजनीतिक समझदारीमा एमसीसी अनुमाेदन गरेर कार्यान्वयन गर्नुपर्नेमा जाेड दिएका थिए।