महन्थ ठाकुरका मान्छेलाई ओलीको अबिर-Sutra News

महन्थ ठाकुरका मान्छेलाई ओलीको अबिर

बिहिबार, १४ असोज २०७८

बिहिबार, १४ असोज २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखी एमाले प्रवेश गर्ने तयारी गरेका छन् ।



यही असोज १५ देखि १७ सम्म चल्ने एमालेको विधान अधिवेशनमा लेखी र उनको समूहले एमालेमा प्रवेश गर्ने भएका हुन् ।

लेखीले लोसपा अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिइसकेका छन् ।

एमालेनिकट स्रोतले लेखीले निकै पहिलादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी प्रवेशबारे छलफल गरिरहेको दाबी गरेको छ । ‘हामीसँग सल्लाह गरेर नै उहाँले उता राजीनामा बुझाउनुभएको हो,’ स्रोतले भन्यो ।

लोसपा नयाँ र वैकल्पिक शक्ति बन्न नसकेको भन्दै लेखीले ठाकुरसमक्ष राजीनामा दिएका हुन् । ‘पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने मेरो योजना पूरा हुन सकेन, त्यसैले तीन ठूला दलमध्ये कुनैबाट आफ्नो राजनीतिक यात्रा पुनः सुरू गर्नेछु,’ लेखीले भने ।

लेखीसहित करीब १६ जना नेता कार्यकर्ता एमाले प्रवेश गर्ने तयारी गरिरहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट