काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु भएको छ ।
आजको बैठकमा पनि नेकपा एमालेले अवरोध सुरु गरिसकेको छ । उनीहरुले सभामुखको भूमिकामा प्रश्न उठाउँदै विभिन्न नारा लगाएर संसद बैठकको अवरोध गर्न सुरु गरिसकेका छन् । उनीहरुले माधव नेपालसहित १४ नेताहरुलाई गैरसांसद भएको आरोप लगाउँदै उनीहरुको प्रवेश निषेध गर्नुपर्ने बताएका छन् ।
एमालेले पटकपटक संसद अवरोध गर्दै आइरहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेका छन् ।