युएस बंगलाको विमान दुर्घटना हुँदा यसरी गएको थियो ५१ जनाको ज्यान-Sutra News

युएस बंगलाको विमान दुर्घटना हुँदा यसरी गएको थियो ५१ जनाको ज्यान

बिहिबार, १४ असोज २०७८

बिहिबार, १४ असोज २०७८

२०७४ फाल्गुन २८ मा यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ५१ जनाको मृत्यु भएको थियो  ।



बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।

मालदिभ्स र चीनका एक/एकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।

दुर्घटनाको छानविन गर्न गठित आयोगले भएका झण्डै एक वर्षपछि प्रतिवेदन बुझाएको थियो ।

पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित छ सदस्यीय आयोगले विमानका क्याप्टेन सुल्तान मानसिक रुपमा एकदमै तनावग्रस्त र थकित रहेको निश्कर्ष निकालेको थियो  ।

आफैले प्रशिक्षित गरेका एक जना सहचालकले उनलाई ‘दक्ष उडान प्रशिक्षक नभएको’ भनेपछि ५२ वर्षीय सुल्तान तनावमा परेको प्रतिवेदनमा उल्लेख छ ।

कोटेश्वरमा ओर्लनुपर्ने विमान पशुपतितिर

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ०२ रनवे हेडिङ कोटेश्वरतर्फको भागमा पर्छ । यसको विपरीत रनवे २० को हेडिङ चाहिँ पशुपति क्षेत्रतर्फ पर्छ । २० हेडिङबाट विमान अवतरण गर्नका लागि उत्तरतर्फ पशुपति क्षेत्रतर्फबाट आउनुपर्ने हुन्छ भने ०२ हेडिङबाट अवतरण गर्दा ललितपुरतिरबाट उपत्यका छिरेको विमान कतै नघुमी सोझै विमानस्थलमा प्रवेश गर्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट