नेपालको ६२ जिल्ला पूर्ण खोप सुनिश्चित-Sutra News

नेपालको ६२ जिल्ला पूर्ण खोप सुनिश्चित

बिहिबार, १४ असोज २०७८

बिहिबार, १४ असोज २०७८

काठमाडौं- रुकुमपूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएसँगै नेपालको ६२ जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन् । 



सबै बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि नेपालको कान्छो जिल्ला रुकुमपूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । 

जिल्लामा जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका नौ सय ३४ बालबालिकाले पूर्णरूपमा खोप पाएका छन । यसअघि जिल्लाका तीनवटै गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् । 

रुकुमपूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन् । यसअघि ११ वटै जिल्लाका सबै बालबालिकाले नियमित खोप पाइसकेका छन् ।

नेपाललाई पूर्ण खोप सुनिश्चित देश घोषणा गर्ने अभियानअनुसार हालसम्म ६२ वटा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका अनुसार देशका झन्डै ९० प्रतिशत पालिका पूर्ण खोप सुनिश्चित पालिका भएका छन् । बाल मृत्युदरमा कमी ल्याउन खोपले महत्वपूर्ण भूमिका खेलेको विभागको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट