काठमाडौं- यस वर्षको दशैँको शुभसाइत गृह मन्त्रालयले सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त पत्रको आधारमा गृहका उपसचिव भीमकान्त शर्माले शुभसाइत सार्वजनिक गरेका हुन् ।
उनका अनुसार टीकाको साइत २९ असोज १० बजेर २ मिनेटमा रहेको छ ।
दशैँसँग सम्बन्धित साइतहरू
१. २१ असोज बिहीबार- नवरात्र आरम्भ, घटस्थापना बिहान ११:४६ बजे
२. २२ असोज शुक्रबार- झण्डा फेर्ने, बिहान ११:५६ बजे (पश्चिम मोहडा)
३. २५ असोज सोमबार- श्री पचलीभैरव यात्रा
४. २६ असोज मंगलबार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे
स्थिरासन बिहान ८:४४ बजे
५. २७ असोज बुधबार- महाअष्टमी, कालरात्रि
६. २८ असोज बिहीबार- महानवमी
७. २९ असोज शुक्रबार- विजया दशमी, देवी विसर्जन बिहान ८:१९ बजे
टीका- बिहान १०:२ बजे
श्री तुलजाभवानी यात्रा- बिहान ७: १ बजे
स्थिरासन- बिहान ८:३२ बजे, खड्गयात्रा
८. २ कात्तिक मंगलबार- अखिल बलिपूर्ति
९. २ कात्तिक मंगलबार- कोजाग्रत व्रत