काठमाडौं- युईएफए युरोपा लिग फुटबलमा लेस्टर सिटी र नापोली पराजित भएका छन् । बिहीबार राति भएको समूह ‘सी’को खेलमा इंग्लिस क्लब लेष्टर र इटालियन क्लब नापोली पराजित भएका हुन् ।
लेष्टर पोलिस क्लब लेगिया वार्सजावासँग १-० गोल अन्तरले पराजित भयो । बार्सजावालाई जित दिलाउन माहिर इम्रेलीले खेलको ३१ मिनेटमा निर्णायक गोल गरे । अर्काे खेलमा इटालियन क्लब नापोली स्पार्टक मस्कोसँग ३–२ गोल अन्तरले पराजित भएकाे छ ।
जितसँगै समूह ‘सी’ मा वार्सजावा २ खेलबाट ६ अंक बनाउँदै शीर्ष स्थानमा छ । मस्को ३ अंक जोडेर दोस्रो स्थानमा रह्यो । नापोली १ अंक जोडेर चौथो स्थानमा छ । यता, १ अंक जोडेको लेस्टर पुछारमा छ ।