काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशन स्थलसम्म पुग्नका लागि कार्यकर्ताहरुले गाडी र मोटरसाइकलसहित एस्कर्टिङ गर्ने भएका छन् ।
अहिले उनी पूर्वप्रधानमन्त्री भएकाले ओलीको सुरक्षामा प्रहरीहरू पनि बाक्लै छन् । युवा संघ, युथ फोर्सका युवाहरूले मोटरसाइकल, गाडीले घेरेर ओलीलाई गदावरीसम्म लैजाने भएका हुन् ।
एमालेको पहिलो विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । ललितपुर गोदावरस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा तीन दिनसम्म चल्ने महाधिवेशन पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक हुने विश्वास एमाले नेताहरूको छ ।