काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु भएको छ । गोदावरीमा सुरु भएको महाधिवेशनमा अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।
आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ ।
पार्टीमा उपमहासचिवको पद हटाएर नयाँ व्यवस्था गर्न लागेको बताइएको छ ।
नयाँ व्यवस्थाअनुसार एमालेमा अब एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव छ जना हुने प्रस्तावमा उल्लेख छ ।
एमालेको उपमहासचिवमा हाल घनश्याम भुसाल र विष्णु पौडल रहेका छन् ।