भाषण गर्दागर्दै ओलीले भने शंकर खै ?-Sutra News

भाषण गर्दागर्दै ओलीले भने शंकर खै ?

शुक्रबार, १५ असोज २०७८

शुक्रबार, १५ असोज २०७८

एमाले विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्दागर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता शंकर पोखरेल खोजेका छन् । उनले आफूलाई रुघाखोकी लागेर असहज महसुस भएको भन्दै आफ्नो कुराहरु राख्न शंकर पोखरेललाई खोजेका हुन् ।



‘भन्नुपर्ने अझै धेरै छ तर मलाई आज रुघाखोकीले अलिअलि सताएको हुँदा मेरो सट्टामा बोल्नका लागि शंकर पोखरेललाई भनेको छु ।’  कार्यक्रममा बोल्दाबोल्दै उनले भने ।

अहिले शंकर पोखरेल बोलिरहेका छन् । ओली आराम गरिरहेका छन् ।

झण्डै ६ हजार सहभागी विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

एमालेको प्रथम विधान महाधिवेशनमा बोल्दै उनले सीमित स्वार्थ र षड्यन्त्रका कारण पार्टी एकीकरण निष्कर्षमा पुग्न नसकेको बताएका छन् ।

उनले नेकपा नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अलग गर्ने फैसला गरेपछिको अवस्थामा यो एकीकृत पार्टीको प्रथम विधान महाधिवेशन भएको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट