काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटा मिलेर नेकपा एमाले फुटाएको आरोप लगाएका छन् ।
गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो जनाएका हुन् ।
‘हाम्रा सामुदक्षिणपन्थी अवसरवाद र सब्गठनात्मक अराजकतालाई परास्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अघि बढाउने दायित्व छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादका आधार निर्माण गर्ने अभिभारा छ । अभिभाराहरु पुरा गर्ने हाम्रोयात्रामा खडा भएका माथि उल्लेखित चुनौतिहरुको सामना गर्नु र तिनलाई पराजित गर्नु छ ।’ प्रतिवेदनमा भनिएको छ ।