शनिबार हुने नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनमा उम्मेद्वारीको तयारी तीव्र भएको छ ।
शुक्रबार काठमाडौं उपत्यका बिभिन्न स्थानमा अधिवेशनका लागि कांग्रेसका स्थानीय नेताहरुले अधिवेशनको तयारी गरेका हुन् ।
कांग्रेस भित्रका बिभिन्न पक्षका नेताहरुले शनिबार हुने अधिवेशनका लागि उम्मेद्वारी दिने तयारी गरेका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौंको भने असोज १६ गते शनिबार हुन लागेको हो ।
दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।