टंकको अभिनयमा रहेको ‘दशैं आयो तिहार आयो’ ट्रेन्डिंगमा [भिडियोसहित]-Sutra News

टंकको अभिनयमा रहेको ‘दशैं आयो तिहार आयो’ ट्रेन्डिंगमा [भिडियोसहित]

शुक्रबार, १५ असोज २०७८

शुक्रबार, १५ असोज २०७८

टंक बुढाथोकीको पछिल्लो समय रिलिज भएको ‘दशैँ आयो तिहार आयो ‘बोलको गीत यतिबेला ट्रेन्डिंगमा रहेको छ । टंक आफैँको शब्द ,संगीत, या आवाज रहेको गीतमा अशोक दर्जी, बुनु उप्रेती,प्रकाश आचार्य, कविता शिवाकोटी, बिन्दु परियार ,दक्षता श्रेष्ठ लगायतको आवाज रहेको छ । विदेशमा रहेका श्रीमानलाई दशैँ तिहार मनाउन घर बोलाएको र विदेशी युवा नेपालमा बडा दशैँ तिहार मनाउन आउने खुसियाली बोकेको भाव गीतले बुझाउँछ ।



गीतको भिडियोमा टंक आफैँले अभिनय समेत गरेका छन् । टंकले आफूलाई अभिनय नगर्न श्रीमतीले सुझाव दिएता पनि विभिन्न कारणले गर्दा अनन्त गीतको भिडियोमा जोडिएको कुरा समेत बताएका छन् ।

साथै आफ्नो अभिनय मन पराउने छुट्टै जमात पनि रहेको उनले बताए । भिडियोमा टंकलाई अशोक दर्जी,लक्ष्मी गिरी,सुरवीर पण्डित, बुनु उप्रेती लगायतका अरु कलाकारले समेत साथ दिएका छन् । भिडियोलाई टंक आफैँले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट