एमाले विधान महाधिवेशनः चार प्रदेशका टोली नेताले प्रस्तुत गरे सुझाव, बाँकीको आइतबार-Sutra News

एमाले विधान महाधिवेशनः चार प्रदेशका टोली नेताले प्रस्तुत गरे सुझाव, बाँकीको आइतबार

शनिबार, १६ असोज २०७८

शनिबार, १६ असोज २०७८

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा चार समूहका टोली नेताले सुझाव प्रस्तुत गरेका छन् । १० समूहमध्ये चारले शनिबार सुझावहरु राखेको र बाँकी ६ समूहका नेताले भोलि आइतबार राख्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।



महाधिवेशनमा पेश भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरुलाई समूहका नेताले प्रस्तुत गरेका हुन् ।

सचिव तामाङका अनुसार कर्णालीबाट गोरखबहादुर बोगटी, लुम्बिनीबाट लिला गिरी, सुदूरपश्चिमबाट कर्ण थापा र बागमतीबाट आनन्द पोखरेलले प्रदेशगत समूहको सुझाव प्रस्तुत गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल भएको थियो ।

समूहका टोली नेताले छलफलबाट आएको सुझावलाई प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट