मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना-Sutra News

मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना

शनिबार, १६ असोज २०७८

शनिबार, १६ असोज २०७८

खोटाङ- मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । शुक्रबार राती खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेको सुनकोसीस्थित रसुवाघाटबाट बालुवा लिएर दिक्तेल जाँदै गरेको स १ त ७०७१ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका १९ वर्षीय डिलक्स राईको मृत्यु भएको हो ।



मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाको पानीट्यांकीमा गुडिरहेको ट्याक्टर सडकबाट करिब ३५ मिटर तल खस्दा सह-चालक राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले बताए ।

ट्याक्टरको इन्जिनले किच्दा सह–चालक राईको मृत्यु भएको हो । सह–चालक महेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक डिलक्स दिक्तेल रुपाकोट मझुवागढी  नगरापलिका–४ खाल्लेस्थित मावली घरमा बस्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट