राजकुमार लेखीले ओलीको हातको अबिर लगाउँदै, दश वर्षपछि पुनः एमालेमै  -Sutra News

राजकुमार लेखीले ओलीको हातको अबिर लगाउँदै, दश वर्षपछि पुनः एमालेमै  

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखी आइतवार एमाले प्रवेश गर्ने भएका छन् ।



यही असोज १५ देखि आइतवारसम्म चलेको एमालेको विधान अधिवेशनमा लेखी र उनको समूहले एमालेमा प्रवेश गर्ने भएका हुन् ।

दश वर्षअघिसम्म लेखी एमालेमै थिए । त्यसपछि उनी मधेशकेन्द्रित दलमा प्रवेश गरेका थिए ।

लेखीले लोसपा अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिइसकेका छन् ।

एमालेनिकट स्रोतले लेखीले निकै पहिलादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी प्रवेशबारे छलफल गरिरहेको दाबी गरेको छ । ‘हामीसँग सल्लाह गरेर नै उहाँले उता राजीनामा बुझाउनुभएको हो,’ स्रोतले भन्यो ।

लोसपा नयाँ र वैकल्पिक शक्ति बन्न नसकेको भन्दै लेखीले ठाकुरसमक्ष राजीनामा दिएका हुन् । ‘पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने मेरो योजना पूरा हुन सकेन, त्यसैले तीन ठूला दलमध्ये कुनैबाट आफ्नो राजनीतिक यात्रा पुनः सुरू गर्नेछु,’ लेखीले भने ।

लेखीसहित करीब १६ जना नेता कार्यकर्ता एमाले प्रवेश गर्ने तयारी गरिरहेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट