माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह बनेकी छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई क्रान्तिकारीको अध्यक्ष बनाएका हुन् ।
क्रान्तिकारीले नेतृत्व छान्न नसकेपछि अध्यक्ष बनाउने जिम्मा प्रचण्डलाई छाडिएको थियो । सिंह अखिल क्रान्तिकारीकी पहिलो महिला अध्यक्ष हुन् ।
क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेतले पनि दाबी पेश गरेका थिए । आइतवार बिहान अध्यक्ष प्रचण्डले दुवैलाई आफ्नो निवास खुमलटार बोलाएर छलफल गरेका थिए ।
यतिबेला अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन चलिरहेको छ ।