काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनको लागि मन्त्री र मन्त्रालयको भागबण्डा लगाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बैठक बिहान ९ बजेदेखि जारी रहेको हो ।
देउवाले सरकार चलाएको ८० दिनसम्म पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । उनले हालसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्द गठबन्धनकै नेताहरुले आलोचना गर्न सुरु गरिसकेका छन् ।
आजको बैठकमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् ।
सरकारमा सहभागी हुन दलका नेताहरुले मन्त्रीहरुको नाम पठाउन सुरु गरेका छन् । माधवाकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले मन्त्रीको टुंगो लगाइसकेको छ । अन्य राजनीतिक दलहरुले पनि मन्त्री छान्ने गृहकार्य गरेका छन् ।
केही दिनमा नै मन्त्रिपरिषद विस्तार हुने बताइएको छ ।