गर्भपतन गराउन पाउनुपर्ने भन्दै महिलाहरु प्रदर्शनमा-Sutra News

गर्भपतन गराउन पाउनुपर्ने भन्दै महिलाहरु प्रदर्शनमा

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

गर्भपतन गराउन पाउनुपर्ने भन्दै अमेरिकामा हजारौंले सडक प्रदर्शन थालेका छन् । टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा जुटेका हुन्।



गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने पक्षधरहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन्।

अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले ‘रो भि वेड’ भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ ।

यसका समर्थकहरूले जन्मने क्रममा रहेको शिशुको रक्षाका लागि यो कानुन बनाइएको बताएका छन्।

रिपब्लिकन पार्टीको बाहुल्य रहेका अन्य राज्यहरूमा पनि राजनीतिज्ञहरूले यस्तो प्रतिबन्ध लगाउन पहल गरिरहेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट