काठमाडौँ । नेकपा एमालेले ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्थासमेतको विधान तयार गरेको छ । ललितपुरको गोदावरीमा आयोजना गरिएको विधान महाधिवेशनमा एमालेले यस्तो घोषणा गरेको हो ।
पार्टीका संगठन विभाग प्रमुख विष्णु पौडेलले पार्टीमा उमेरको हदबन्दीको व्याख्या गर्दै यस्तो बताएका हुन् । अब कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन् ।
यसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप सहज हुने देखिएको छ । यो व्याख्याले आगामी दशौं महाधिवेशनमा अध्यक्षमा ओली निर्वाचित भए पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउनेछन् ।