काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य राजनीतिक दलहरुले गलत मनसाय राखेर आफूहरुलाई नभएको आरोप लगाएको बताएका छन् ।
ललितपुरको गोदावरीमा चलिरहेको विधान महाधिवेशनमा बोल्दै अध्यक्ष ओलीले यस्तो उल्लेख गरेका हुन् ।
‘पछिल्लो समय हमलाको शृंखला चलेको थियो । विभिन्न कामहरु गरियो त्यतिबेला सरकारलाई खुइल्याउने कोसिस भयो । हाम्रो मेहेनेतले बनाएको सरकार लाई जनताले भोट दिनुभयो । पार्टी एकता गरेर बलियो स्थिति बनायौं । हामीले असाधारण प्रगति गरेका छौं । ‘ उनले भने ।
उनले विभिन्न संरचनाहरु आफ्नो पालामा सम्पन्न भएको बताए । एमालेले गरेको कामहरु देखेर अरु दलहरु आत्तिएर बसेको उनले उल्लेख गरे ।
उनले औषधी ल्याउने समयमा खराब मनसायका साथ् ओम्नी प्रकरण अगाडी ल्याएको बताए । उनले ओम्नीको प्रकरण छानबीन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको जनाएका छन् ।