कार्यकर्ताले गरेको ममाथिको विश्वास एक इन्च तलमाथि हुँदैन: ओली-Sutra News

कार्यकर्ताले गरेको ममाथिको विश्वास एक इन्च तलमाथि हुँदैन: ओली

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताको विश्वासमाथि एक इन्च तलमाथि हुन नदिने बताएका छन् ।



ललितपुरको गोदावरीमा चलिरहेको विधान महाधिवेशनमा जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै उनले भने, , ‘तपाईंहरूले ममाथि गर्नुभएको विश्वासप्रति धन्यवाद छ । कार्यकर्ताहरूको विश्वास एक इन्च तलमाथि हुँदैन ।’

उनले आगामी निर्वाचनमा आफूहरुले जित्नुपर्ने बताए । देश विकास गर्न नेकपा एमालेले बाहेक अरुले गर्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘आगामी निर्वाचनमा नेकपा एमालेले जित्नैपर्छ, स्थानीय तह, प्रतिनिधिसभा जताततै एमालेले जित्नुपर्छ, देश विकाश गर्न एमालेले जित्नुपर्छ ।’

एमालेमा उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् ।

तर कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले जानकारी दिए ।

शुक्रबारदेखि तीन दिनसम्म चलेको एमालेको पहिलो विधान महाधिवेशनमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव पौडेलले पेश गरेका प्रतिवेदनमा १० वटा समूह बनाएर छलफल गरी निकालिएको निष्कर्षको तीन जना नेताहरुले जवाफ दिएसँगै महाधिवेशन सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट