ओली भन्छन्- म बाँचेको भनेर अरुले चिन्ता लिन्छन् त, के गरुँ ?-Sutra News

ओली भन्छन्- म बाँचेको भनेर अरुले चिन्ता लिन्छन् त, के गरुँ ?

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दलका मानिसहरुले आफू बाँचेकोमा चिन्ता व्यक्त गरेको टिप्पणी गरेका छन् । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा आफ्नो कुराहरु राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



‘हाम्रा विरोधीहरुमा म बाँचिरहेकोले चिन्ता देखिएको छ। म बिरामी हुन्छु फेरि वाँच्छु, अनि चिन्ता भएको छ। अर्को कार्यकर्ताले धेरै माया गरेकाले चिन्तित छन्। बाँचेकैमा चिन्तित छन् त म के गरुँ?’ ओलीले भने। 

त्यस्तै ओलीले कार्यकर्ताको विश्वासमाथि एक इन्च तलमाथि हुन नदिने बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, , ‘तपाईंहरूले ममाथि गर्नुभएको विश्वासप्रति धन्यवाद छ । कार्यकर्ताहरूको विश्वास एक इन्च तलमाथि हुँदैन ।’

उनले आगामी निर्वाचनमा आफूहरुले जित्नुपर्ने बताए । देश विकास गर्न नेकपा एमालेले बाहेक अरुले गर्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘आगामी निर्वाचनमा नेकपा एमालेले जित्नैपर्छ, स्थानीय तह, प्रतिनिधिसभा जताततै एमालेले जित्नुपर्छ, देश विकाश गर्न एमालेले जित्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट