काठमाडौं- एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
गत शुक्रबारदेखि चलेको विधान महाधिवेशनले जारी गरेको घोषणापत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि भोगचलनमा ल्याउने गरी कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेको छ ।
स्थानीय तहको निर्वाचनको तयारी थाल्न सरकारलाई आग्रह गरेको एमालेले पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै क्षोभ प्रकट गरेको छ ।
समसामयिक राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य रघुजी पन्तले पेस गरेको १५ बुँदे घोषणापत्र पारित गरेको हो ।
१०औँ महाधिवेशन बुटवलमा हुने भएको छ । समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् ।