महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको जीवनीमा आधारित फिल्म निर्माण हुने-Sutra News

महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको जीवनीमा आधारित फिल्म निर्माण हुने

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

काठमाडौं- महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ । गान्धीको १५२औँ जन्मजयन्तीको अवसरमा उनका हत्यारा नाथुरामबारे ‘गोड्से’ नामक फिल्म निर्माण गर्ने घोषणा गरिएको हो । 



महेश मांजरेकरले निर्देशन गर्ने फिल्मका निर्मातामा सन्दीप सिंह र राज शान्डल्य छन् । आइतबार फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी दिइएको हो । हाल स्क्रिप्ट लेखन कार्य भइरहेको फिल्म सन् २०२२ को जुन महिनासम्म छायांकन सुरु गरिने बताइएको छ । 

निर्देशक मांजरेकरले नाथुरामको विषयमा फिल्म बनाउनु निकै हिम्मतको काम भएको बताएका छन् । ‘आममानिसलाई नाथुरामले गान्धीलाई मारेको कुरा मात्र थाहा छ । त्यसबाहेक नाथुरामका बारेमा केही पनि थाहा छैन’, उनले भनेका छन्, ‘फिल्मले धेरै कुरा बताउनेछ । हामी न नाथुरामको गुणगान गाउनेछौँ, न कसैका विरुद्ध केही देखाउनेछौँ । के सही, के गलत भन्ने कुरा मूल्यांकन गर्ने काम दर्शकलाई नै छाड्नेछौँ ।’ 

फिल्ममा नाथुरामको भूमिका कसले निर्वाह गर्नेछ, त्यो भने गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट