‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक-Sutra News

‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

काठमाडौं- दशैँको अवसर पारेर २६ असोजदेखि प्रदर्शन हुन लागेको फिल्म ‘डाँडाको वरपीपल’को आइतबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ ।



शोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, रुबिना थापा, गौरी मल्ल, विनोद न्यौपाने, सलोन बस्नेतलगायतका कलाकारले अभिनय गरेका छन् ।

अन्तरजातीय प्रेम र विवाहका कारण सम्बन्धमा आउने समस्यामा केन्द्रित फिल्म चित्लाङ र काठमाडौंमा खिचिएको हो । बूढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले निर्माण गरेको फिल्मको स्क्रिप्ट रामकाजी घिमिरेले लेखेका हुन् ।

सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको सम्पादन मित्रदेव गुरुङले गरेका हुन् । 

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक शोभितले ‘डाँडाको वरपीपल’ आफ्नो निर्देशनमा बनेको ३१औँ फिल्म भएको बताउँदै दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।

उनले फिल्म तिहारपछि ओटीटी प्लेटफर्ममा पनि उपलब्ध हुने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट