सप्तरी- प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकारलाई बदनाम गर्ने उद्देश्यले अख्तियार द्रूपयोग अनुसन्धान आयोग प्रस्तुत भएको बताएका छन् ।
सप्तरीको वीरेन्द्र बजारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री साहले अख्तियारले आफ्नो कार्यक्षेत्र बिर्सेर सरकारको कार्यकारी प्रमुख कार्यालय पस्नु अनैतिक, असंवैधानिक पूर्वग्राही र द्वेषपूर्ण रहेको बताए । मन्त्री साहले भने, ´अख्तियारसँग संवैधानिक अधिकार छ तर त्यसको प्रयोग गर्ने शैली र अभ्यास आज गलत भएको छ ।’
‘प्रमाण नस्ट हुने अवस्थामा अख्तियारले कुनै दस्तावेज नियन्त्रणमा लिने हो’, मन्त्री साहले भने, ‘अख्तियारको यस्तो व्यवहारले तीन तहमा रहेको संघीय स्वरूप र इकाइहरूका रूपमा संवैधानिक संस्थामध्येका एक सरकारप्रतिको अविश्वासको संघीयताविरोधी मानसिकतालाई प्रतिबिम्बित गर्छ ।’ फाइल तस्बिर ।