एमाले विधान महाधिवेशन सकिएपछि झाँक्रीले भनिन्- भ्रष्टाचार गरेर कमाएको पैसा विधान सम्मेलनमा खर्च गरे-Sutra News

एमाले विधान महाधिवेशन सकिएपछि झाँक्रीले भनिन्- भ्रष्टाचार गरेर कमाएको पैसा विधान सम्मेलनमा खर्च गरे

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

चितवन- नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले सच्चा कम्युनिस्टहरूको मूल पार्टी नै नेकपा (एस) हुने बताएकी छन् । रत्ननगर नगर कमिटीले आइतबार आयोजना गरेको नगर कमिटी घोषणा कार्यक्रममा उनले नेकपा (एस) पार्टी इमान्दार कम्युनिस्टहरूको साझा पार्टी हुने दाबी गरेकी हुन् ।



आउने निर्वाचनबाट आफ्नो पार्टीले नयाँ उचाइ लिने भन्दै आफ्नो पार्टीमा गोलबद्ध हुन एमालेमा रहेका इमान्दार नेता, कार्यकर्तालाई अनुरोध पनि गरिन् । एमाले र योभन्दा बाहेकका अन्य पार्टीका कम्युनिस्टहरूलाई नेकपा (एस)मा आबद्ध हुन उनको अनुरोध छ ।

उनले सरकारमा रहँदा एमालेले भ्रष्टाचार गरेर कमाएको पैसा विधान सम्मेलनमा खर्च गरेको आरोप लगाएकी छन् । ‘निःशुल्क खोल्न मिल्ने ईमेल खोलेको रकम करोडौँ देखाएर भ्रष्टाचार गर्न खड्गप्रसाद ओली अग्रसर हुनुभयो’, उनले भनिन् । ओलीमा इमान्दारी, सुशासन भन्ने शब्द नभएको उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट