तेह्रथुम- जिल्लाको मेन्छ्यायेम गाउँपालिकाले दशैँतिहारबीचको बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ ।
कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा असर पुगेकाले गाउँपालिकामा रहेका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जीले बताए ।
मेन्छ्यायेम गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।