काठमाडौं- शीर्ष टोली रियल मड्रिड स्पेनिस ला लिगामा आइतबार स्पानियोलसँग स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा मड्रिड स्पानियोलसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
१७औँ मिनेटमा राउल डि थोमसले घरेलु टोली स्पानियोललाई अग्रता दिलाए । ६०औँ मिनेटमा एलेक्सिस भिडालले गोल गर्दै स्पानियोलको अग्रता दोब्बर पारे ।
७१औँ मिनेटमा करिम बेन्जेमाले रियाल मड्रिडलाई लयमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त भने भएन । ला लिगाको पछिल्लो खेलमा रियाल मड्रिड भिल्लारियालसँग गोलरहित बराबरीमा रोकिएको थियो । रियाल मड्रिड १७ अंकका साथ ला लिगाको शीर्ष स्थानमा छ । एट्लेटिको मड्रिड समान १७ अंकका साथ दोस्रो स्थानमा छ ।
आइतबार राति नै भएको ला लिगाको अन्य खेलमा ग्रानडाले १० खेलाडीमा सिमित सेभिल्लालाई १-०, भिल्लारियलले रियल बेटिसलाई २-०, इन्चेले सेल्टा भिगोलाई १-० ले पराजित गर्दा गेटाफे र रियल सोसिडाडले १:१ गोलको बराबरी खेले ।फाइल तस्बिर ।