लागूऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरालाई अदालतले दिएन जमानत-Sutra News

लागूऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरालाई अदालतले दिएन जमानत

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

काठमाडौं- लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड नायक शाहरुख खानका छोरा आर्यनसहित तीन जनाको रात हिरासतमा बितेको छ ।



मुम्बईको अदालतले आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अस्वीकार गरेपछि उनीहरू हिरासतमै बस्नु परेकाे हाे । अदालतले अर्यालसहित तीनै जनालाई एक दिन हिरासतमा राख्न नारकोर्टिक कन्ट्रोल ब्यूरो (एनसीबी) लाई अनुमति दिएको थियो ।

मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रूजमा आयोजित ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यनसहित आठ जनालाई आइतबार हिरासतमा लिएको थियो ।

आठमध्ये तीन जनालाई एनसीबीले सोधपुछ अदालतमा पेस गरेको थियो । अदालतको अनुमतिपछि तीनै जनालाई एनसीबीले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतीश मानेशिंदेले जमानत माग गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट