विमान दुर्घटना हुँदा सबैको मृत्यु-Sutra News

विमान दुर्घटना हुँदा सबैको मृत्यु

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

रोम- उत्तरी इटालीमा एउटा निजी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । सारडिनिया टापुका लागि मिलानको लिनाटे विमानस्थलबाट उडेको विमान केही मिनेटमै एउटा कार्यलयको रित्तो भवनमा जोतिएको थियो ।



रोमानियाका धनाढ्य दान पेट्रेस्कुले विमान चलाएका थिए । दुर्घटनामा ६८ वर्षीय पेट्रेस्कुसहित उनकी पत्नी, छोरा र परिवारका अन्य सदस्यको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनापछि कार्यलय र पार्किङ गरेर राखेका ट्याक्सी जलेका थिए । विमान भवनमा ठोकिनुअगाडि नै आगो लागेको केही साक्षीले बताएका छन् । ‘विमान ठूलो आवाजसहित भवनमा ठोकिएको थियो,’ एक स्थानीयले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट