नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा समस्या आएका कारण गत असोज १३ गते उनी त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए ।
चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्ने सल्लाह दिएको उनको निजी सचिवालयले जनाएको छ । उनलाई कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको भएपनि पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।