एमालेकै नेताको तिखो प्रतिक्रिया : विधान महाधिवेशन सम्पूर्ण रूपले असफल-Sutra News

एमालेकै नेताको तिखो प्रतिक्रिया : विधान महाधिवेशन सम्पूर्ण रूपले असफल

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

नेकपा एमालेको केन्द्रीय विभागका सचिव दामोदर अर्यालले यही असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशन सम्पूर्ण रूपले असफल भएको प्रतिक्रिया दिएका छन् ।



सोमवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै अर्यालले विधानमहाधिवेशन असफल भएको बताएका हुन् । केही समय अघिसम्म अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने अर्याल पछिल्लो समय ओलीको एकलौटीविरुद्ध आवाज उठाइरहेका छन् ।

उनले सञ्जालमा लेखेका छन् –

१) निर्धारण गरिएका प्रतिनिधिहरु नआएपछि “जो आया, सो प्रतिनिधि” सिद्धान्त अनुसार हल भर्ने काम गरियो ।

२) सिद्धान्तका क्षेत्रमा काम भएन । प्रचण्डसङ्ग पार्टी एकता गर्दा आफैले त्याग गरेको जनताको बहुदलीय जनबादलाई फेरि ब्युताएर ब्यानर बनाईयो । जबज त्याग गरेको ठिक कि अहिले पुनः अङ्गिकार गरेको ठिक ? यसको बारेमा कसैले कुरा उठाउने जाेखिम मोलेन। सिद्धान्तका क्षेत्रमा जता भत्कियो त्यतै दैलोको परिस्थिति देखियो ।

३) बिधान अधिवेशनमा ब्यक्तिको देवत्वकरणकाे दृश्य यति घिनलाग्दो थियो कि सहभागीहरुले आफू कम्युनिस्ट भएको अनुभव गर्न सकेनन् । बिजुलिको पोलहरुमा केपि, स्वागत द्वारहरुमा केपि, पानीका बोतलहरुमा केपि, खाने थाल कचौरा र चम्चाहरुमा केपि, ट्वाइलेट पेपरहरुमा केपि । अधिवेशनहलमा केपिकाे सवारि राजा ज्ञानेन्द्रकाे सवारी झै देखिन्थ्यो ।

४) बिधान अधिबेशनको शानदार मन्चमा कार्लमाक्स,लेनिनको मात्र होइन, मदन भण्डारीको फोटाे समेत हटाइएको थियो । आयोजकहरुले महान कम्युनिस्ट नेताहरुको फाेटाे हटाएर अब एमाले कम्युनिस्ट पार्टी रहेन भनेर प्रष्ट संकेत गरेपनि सहभागी मध्य कतिले बुझे तर कतिपयले भेउ नै पाएनन् ।

५) अधिवेशन वरिपरिका क्षेत्रहरुमा ” आई लभ यु केपि बा” को नारा यति तिब्रताका साथ लागेको थियो कि सहभागीहरुले मार्क्सबाद,लेनिनवाद र जबजको नारा बिर्सन बाध्य भए ।

६) अधिवेशनभर बक्ताहरु आफ्नो सिद्धान्त, निति र आगामी कार्यक्रमभन्दा अरु पार्टीलाई गाली गर्न ब्यस्त देखिन्थे ।

७) अधिबेशन अबधिभर नेताहरूको अनुहारमा सत्ता गुमेको पीडा प्रष्टै देखिन्थ्यो । त्यतिमात्र हाेइन अनिश्चित भबिस्यप्रतिको चिन्ताले उनिहरुको अनुहार उज्यालो हुन दिएको थिएन ।

८) यो अधिवेशनले कम्युनिस्ट एकतातर्फ एउटा शब्द र एउटा अक्षर खर्च गरेन ।

मुलतः यो अधिवेशनले एमाले पार्टीलाई कम्युनिस्ट आन्दोलनबाट अझ टाढा पुर्याएको छ । यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षती पुगेकोले त्यहाँ भित्र रहेका असल कम्युनिस्टहरुले बेलैमा बिद्रोह गर्नुको कुनै विकल्प देखिएन ।

९) अधिबेशन अबधि भर गैर कम्युनिस्ट प्रतिनिधिहरुको चुरिफुरी हेर्न लायक थियो । गैर कम्युनिस्ट पार्टी बाट सोझै नेतृत्वमा भित्र्याउने कसरत अधिवेशन हल मै देखियो ।

१०) अन्त्यमा, यो अधिवेशनमा सहभागी सबैले प्रसिद्ध साहित्यकार सरुभक्तले लेख्नुभएको एउटा उपन्यास जस्ले मदन पुरस्कार पाएको थियो, पढन अनुराेध गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट