एमालेको विधान महाधिवेशन : घनश्याम भुसालको भिन्न मतलाई ओलीले रोके-Sutra News

एमालेको विधान महाधिवेशन : घनश्याम भुसालको भिन्न मतलाई ओलीले रोके

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन हिजो सकिएको छ । महाधिवेशनमा नेताहरुले आफ्नो विभिन्न मतहरु राखे ।



तर पछिल्लो समय ओलीका नजिकका मान्छे बनेका उपमहासचिव घनश्याम भुसालले भने आफ्नो भिन्न मत राख्न पाएनन् । विधान महाधिवेशन सकिएपछि पनि एमालेका नेताहरुबीच यो विषयमा चर्चा चुलिएको थियो ।

त्यस विषयमा छलफल जारी रहंदा उनले भने आफूले राख्न खोजेको भिन्न मतमाथि थप अध्ययन गर्दै जाने र आवश्यक परेको बेलामा छलफल गर्न सकिने बताए ।

तर उनलाई भिन्न मत प्रस्तुत गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले अवरोध गरेको बुझिएको छ ।

उनले प्रस्ताव गर्न खोजेको भिन्न मतमाथि छलफल हुनुपर्नेमा एमालेका  नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य लगायतले धारणा बनाएका थिए । तर ओलीले उनको मतमाथि छलफल गर्न आवश्यक नठानेर त्यसलाई महाधिवेशनमा प्रस्तुत रोके ।

उपमहासचिव भुसालले असोज ३ गते बसेको स्थायी कमिटी बैठकमा  ‘समृद्धि र समाजवादको हाम्रो बाटो’ शिर्षकमा ८ पेज लामो टिप्पणी पेश गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट