तीन बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई विप्लवको ज्ञापनपत्र-Sutra News

तीन बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई विप्लवको ज्ञापनपत्र

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तीन बुँदे सहमति कार्यान्वयन गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।



पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सोमवार बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

‘आजका मितिसम्म बन्दी तथा नेता कार्यकर्ता रिहा नहुनुले हाम्रो पार्टी, बन्दी नेता कार्यकर्ताहरू, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोश र चिन्ता पैदा भएको छ,’ महासचिव विप्लवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।

deuba prakanda1.jpg

deuba prakanda2.jpg

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट