मन्त्री भ्रमणलाई लिएर भारतमा तनाव- कृषि आन्दोलनका २ किसानमाथि नै गुड्यो गाडी, ८ जनाको मृत्यु-Sutra News

मन्त्री भ्रमणलाई लिएर भारतमा तनाव- कृषि आन्दोलनका २ किसानमाथि नै गुड्यो गाडी, ८ जनाको मृत्यु

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

नेपाल सीमावर्ती भारतको तिकुनियामा किसान आन्दोलनमा भएको हिंसामा ८ जनाको मृत्यु भएको छ ।



तिकुनिया नेपालको कैलाली जिल्लाबाट पारी पर्ने भारतीय सहर हो । उत्तर प्रदेशको लाखिम्पुर खेरी जिल्लामा किसानले आन्दोलन गरेका थिए ।

भारतमा किसान आन्दोलन केहीसमय अगाडीदेखि नै चलेको थियो । त्यसलाई काँग्रेसले समर्थन गर्दै आएको छ ।

अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार कृषि कानुनको विरोध गरिरहेका किसानहरुले दुई मन्त्रीहरुको भ्रमण रोक्ने प्रयास गरेका थिए । तर सो क्रममा नेता सवार दुई वटा जिप आन्दोलनकारीमाथि नै कुदाइएको थियो ।

यता हिंसामा मारिएकाहरुको परिवारलाई भेट्न पुगेकी भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट